मुख्य समाचार

कालीगण्डकी गाउँपालिकामा झण्डै साढे सात लाखको राहत वितरण, ४ सय ७३ परिवार लाभान्वित

मिलन विश्वकर्मा
पाल्पा, बैशाख १७ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो चरणको राहत वितरण कार्य सकिएको छ । पहिलो चरणको सकिएपछि थप गरिएको लकडाउनका आधारमा दोस्रो चरणको राहत वितरण गरिएको हो । गाउँपालिकाभरिका ७ सय ७३ परिवार राहतबाट लाभान्वित भएका छन् । ७ लाख ३९ हजार १ सय १ रुपयाँ बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार १ सय २० जना मजदुरपनि राहतबाट लाभान्वित भएका छन् ।

पहिलो चरणमा अतिविपन्न १ सय ८८ परिवारलाई राहत वितरण गरिएको थियो । भने ७५ जना मजदुरले राहत लिएका थिए। दोस्रो चरणमा न्यूनवर्गका थप २ सय ८५ परिवारलाई राहत वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । थप ४५ जना मजदुरलाई समेत राहत वितरण गरिएको छ ।


advertisement

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण ज्यालामजदुर गरेर खाने परिवारलाई भोकले मर्न नपरोस् भनेर राहत वितरण कार्य थालिएको हो । पछिल्लो समयमा सरकारले २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछिको अवस्थालाई हेरेर आवश्यकता अनुसार थप राहत वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकामा राहत संकलन गर्ने कार्यपनि चलिरहेको छ । उहाँका अनुसार गाउँपालीकाले स्थापना गरेको राहत तथा प्रकोप व्यवस्थापन कोषमा मंगलबारसम्म २४ लाख ७५ हजार जम्मा भएको छ । तीन लाख बराबरको प्रतिवद्धता प्राप्त भएको उहाँले बताउनुभयो । विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्था, व्यक्तिले राहतकोषमा सहयोग उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो । यसरी संकलन गरिएको कोषबाट राहत वितरण गरिदै आएको छ । वडास्तरमा पुगेर राहत वितरण गरिएको हो ।

यसैबीच गाउँपालिकाभरिका दीर्घरोगका विरामीलाई निशुल्क औषधी वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: