वनको वैज्ञानिक व्यवस्थापनवाट रोजगारी र आय आर्जन

meropati

 

 



डा. नागेन्द्रप्रसाद यादव, वन विज्ञ

अहिले कोरोना भायरसको महामारीवाट विश्व आक्रान्त भएको वेला हाम्रो देशवाट विदेशमा कार्यरत ३० देखि ४० लाख युवा जनशक्ति देश फर्किने पर्खाईमा रहेको छ । अव यी युवाहरु देश फर्के पछि के गर्ने , रोजगारी कहाँ छ , यति खेर स्वदेशमा रोजगारीको लागि अर्थ विज्ञ ज्यहरु र सरकारले खालि कृषिमा आधारित रोजगारीका कुरा गरि रहनु भएको छ ।

यसका लागि सिचाई आवशयक छ तर सवै जग्गामा सिंचाइ तथा प्राविधिक सहयोग उपलव्ध छैन । कृषि वाहेक अन्य विकल्पहरु वारे तिनै तहका सरकारले विषयगत विज्ञहरुको सरसल्लाहमा अगामी आ.व.को व्यवहारिक र युवा शक्ति खपत हुने योजना वनाउनु पर्ने हुन्छ । रोजगारीको विकल्प धैरै छ खोज्नु मात्र पर्यो ।


वन क्षेत्रमा विगत देखि हाल सम्म नेपालको वन संरक्षण तथा जोगाउन वन कर्मचारी र प्रशासन परेसान छन् तापनि वन जोगि रहेको छैन दिन प्रति दिन वन क्षेत्र घटि नै रहेको तथ्याँकले देखाएकोछ । यसको मुख्य कारण वन व्यवस्थापनको अभाव र चोरी निकासी हो ।

कोरोनाले देश लकडाउन भएको अवस्थामा पनि तराईको विभिन्न जिल्लामा वन पैदावारको व्यापक चोरी निकासी भई रहेको संचार माध्यममा आएकोछ । हाम्रो देशमा वनको व्यवस्थापन नभएर काठ कुहि रहेका छ भने अर्को तिर जनताको आवश्यकता परिपूर्ति भई रहेको छैन जसले गर्दा वनमा चोरी वढनुको साथै वर्षेनी १० देखि १२ लाख क्युकि फिट काठ विभिन्न देशवाट आयात भई रहेको छ । यसको मुख्य कारण हाम्रो देशको वन, वन सम्वद्र्धन प्रणाली अनुसार व्यवस्थापन न हुनु हो ।

पछिलो तथ्यांक अनुसार देशमा ५८ लाख हेक्टर वन क्षेत्र रहेको छ र यसको करिव ४० प्रतिशत वन क्षेत्र व्यवस्थापनको हिसावले पहुँचमा छ जसलाई दिर्घकालिन योजना वनाएर व्यवस्थापन गर्न धेरै जन शक्ति चाहिन्छ । अहिले सम्मको अनुभवमा १ हे. वन वयवस्थापन गर्न वर्ष भरिमा विभिन्न कार्यको लागि करिव १६५४ श्रमदिन ९ महिनामा चाहिन्छ । यस हिसावले देशमा ४०प्रतिशत (२३ लाख २ हजार हे.) वन क्षेत्र व्यवस्थापन गर्न कति श्रम शक्ति आवश्यकता पर्छ । यस अवस्थामा यी विदेशवाट फर्किने युवाहरुको लागि वन क्षेत्रमा काम दिनु आवशयकता र ठूलो अवसर हो ।

देशमा करिव २२००० सामुदायिक वन समुह ले करिव २० लाख हे., २९ वटा साझदारी वन समुहले करिव ७० हजार हे., ७ वटा चक्ला वनले १४५७२ हे. र ८ वटा संरक्षित वनले १३३६८५ हे. वन क्षेत्र संरक्षण गरि रहेकोछ । यस मध्ये करिव ५ प्रतिशत जति वन वैज्ञानिक व्यवस्थापनमा गएको छ अन्य संरक्षण र ढलापडा मै सिमित भएका छन ।

हाल राष्ट्रिय वनबाट वार्षिक औषत ७ लाख क्युफिट मात्रै अर्थात ०.७ क्युफिट प्रति हेक्टर काठ उत्पादन भइरहेको अवस्था छ । यदि १० लाख हेक्टर वनलाई काठ÷ दाउरा उत्पादनमा केन्द्रित वैज्ञानिक वन सम्बर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन गर्ने हो भने काठको उत्पादनलाई बढाएर ३५ क्यूफिट देखि ७०.५ क्यु. फिट प्रति हेक्टरमा पु¥याउन सकिन्छ र तत्कालै विदेशबाट आयातित काठलाई प्रतिस्थापन गर्न सकिन्छ (हाम्रो वन २०७३)। हामी संग प्रशस्त वन र नदी उकास क्षेत्र छ जसको व्यवस्थापन गरेर स्वदेशमै रोजगारी र आय आर्जनको माध्यम बनाउन सकिन्छ ।


वन क्षेत्रमा रोजगारी सृजना हुने कार्यक्रम


१. वन संरक्षण वन हेरालु तथा अन्य
२. अग्नी रेखा निर्माण तथा मरमत
३. वन श्रोत मापन, टैगिंग र कटान योजना तयारी
४. वन सम्वद्र्धन प्रणाली अनुसार रुख कटान
५. वन सम्वद्र्धन, पत्ल्याउने, एकल्योने, सरसफाई, गोडमेल
६. वन पैदावार ढुवानी
७. वन डिपो संचालन
८. विरुवा उत्पादन तथा वृक्षारोण


वन व्यवस्थापन गर्दा हुने उपलव्धी
• वन कर्मचारी र वन विज्ञहरु प्राविधिक कार्यमा व्यस्त
• वन पैदावारको उत्पादनमा वृद्धि, आपूर्तिमा सहज र वृद्धि
• स्थानीय स्तरमा रोजगारी सृजना
• स्थानिय समुह र सरकारको आय, राजश्व वृद्धि
• स्थानयि र केन्द्र स्तरमा वन पैदावारमा आधारित उद्योगमा वृद्धि
• वन पैदावारमा आधारित उद्योगमा रोजगारी सृजना र आय वृद्धि
• वनको अवस्थामा सुधार र पारिस्थितिकीय सेवामा वृद्धि
• काठ आयातमा कमी तथा निर्यातको अवसर


देशमा वेरोजगारीको समस्या समाधान तथा वन श्रोत व्यवस्थापनमा प्राथमिकता दिई आगामी वर्षको योजनामा कार्यक्रम समावेश गर्नको लागि सरकार तथा सम्वन्धित निकायमा अनुरोध छ । 

सामाजिक संजालमा राखेकाे विचारबाट समय सान्दर्भिक लागेर यहाँ प्रकाशन गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: