काठमाडौं, १९ बैशाख । आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमका केही ठाउँमा त अहिले पनि वर्षा भइरहेको छ। र, यो पूर्व सर्ने क्रममा छ।
‘वर्षाको सम्भावना त अहिलेदेखि नै देखिन्छ,’ शुक्रबार बिहान साढे ७ बजे नेपालखबरसँग उनले भने, ‘सिस्टम (पानी पार्ने प्रणाली) पश्चिमबाट पूर्व सरिरहेकाले काठमाडौं उपत्यकालगायत स्थानमा दिउँसो वा अपराह्नपछि वर्षा हुने अनुमान छ।’
आज देशका केही स्थानमा तर जुनसकुै ठाउँमा हावाहुरी, चट्याङका साथ वर्षा हुने देखिएको उनले बताए।
विशेषगरी अहिले हावाहुरी र चट्याङबाट बच्नुपर्ने मौसम रहेको मौसमविद्को सुझाव छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख १९ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २० गते (शनिबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा सामान्य बदली तथा पुर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २१ गते (आइतबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पुर्वी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रतिकृया दिनुहोस