बहराइनमा नेपाली संक्रमितको संख्या १५७ पुग्योः थप ३१ जनामा कोरोना भाइरस

meropati

काठमाडौं, १९ बैशाख । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस (कोभिड -९) को सङ्क्रमण देखिएको छ। योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको छ। यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ । आफूलाई परेको समस्या अनलाइनमार्फत भर्न सकिने पनि दूतावासले जनाएको छ ।



साथै, समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले बहराइनमा रहेका नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: