कोरोना भाइरस अपडेटः

भारतको दिल्लीबाट बैशाख ५ गते नेपाल आएर क्वारेन्टाइनमा बसेका तिए रुपन्देहीका कोरोना संक्रमित

बुटबल, १९ बैशाख । रुपन्देहीमा एक जनालाई कोरोना पुष्टी भएकाे छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका एक जना २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभि देखिएको हो ।

श्रोतका अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नम्बर १ सिपवाका २५ बर्षिय युवामा कोरोना देखिएको हो ।भारतको दिल्लीबाट बैशाख ५ गते खुल्ला सिमाको फाइदा उठाउदै नेपाल आएका ती युवालाई कोटहीमाई ५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएकाे थियो ।


advertisement

उनको थ्रोट स्वाब जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले बैशाख १७ गते संकलन गरी काठमाण्डौको केन्द्रिय प्रयोगशालामा पठाईएको थियो ।

क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएपछि शुक्रबार बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: