कोरोना कहरः ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार नजिक, ३४ लाख भन्दा बढी संक्रमित

meropati

काठमाडौं, २० बैशाख । छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५७० पुगेको छ । यसैबीच संक्रमितको संख्या ३४ लाख  २७८ जना पुगेको छ ।

वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये १० लाख ८१ हजार १५६ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १३ लाख २० हजार ७२६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २० लाख ७९ हजार ५५२ वटा कोरोनाका केसहरु सक्रिय छन् ।



यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा ६५ हजार ७५३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ३१ हजार ३० पुगेको छ । यसैबीच १ लाख ६१ हजार ५६३ जनाले कोरोनालाई जितिसकेका छन् ।

त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार २३६ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ७ हजार ४२८ पुगेको छ, भने निको हुनेहरुको संख्या ७८ हजार २४९ पुगेको छ ।

यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २४ हजार ८२४ पुगेको छ । २ लाख २९ हजार ६३९ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ३७ हजार ९८४ जना निको भइसकेका छन् ।

यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ५१० पुगेको छ । संक्रमितको संख्या १ लाख ७७ हजार ४५४ जना पुगेको छ ।

यता फ्रान्समा २४ हजार ३७६ ले ज्यान गुमाएका छन्, भने १ लाख ६७ हजार १७८ जना संक्रमित पुगेका छन् । जसमध्ये ४९ हजार ४७६ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।

हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ५९ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: