रुपन्देहीको कोटहीमाई गाउँपालिकाको सिपवा क्षेत्र सिल गरियो

meropati

बुटवल, २० बैसाख। रुपन्देहीको कोटहीमाई गाउँ पालिकाको सिपवा क्षेत्र सिल गरिएको छ । वडा नं. ५ स्थित मझगावा स्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका वडा नं. १ का २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रमो आवतजावत सुन्य गर्न सिल गरिएको हो ।

संक्रमित ब्यक्तिले १४ दिनअघि भारतको दिल्लीबाट आएका ती युवा मर्चवारको सम्मरीमाई गाँउपालिका २ ठोठरीनाकाबाट नेपाल प्रबेश गरेका थिए । दिल्लीको गान्धीनगरमा सिलाई कटाईको काम गर्दै आएका ती व्यक्ति १ बैशाखमा दिल्लीबाट हिडेका थिए ।



कोरोना संक्रमित परिवारका एक सदस्यले दिएको जानकारी अनुसार उनी दिल्लीबाट आउनेक्रममा कहिले ट्रकमा त कहिले हिडेर नेपालसम्म आएका थिए । उनी ५ बैशाखको दिउसो १ बजेतिर ठोठरी नाका आईपुगेका थिए । सिमानाका आईपुग्दा सुनसान देखिएपछि उनी सहजै नेपाल प्रबेश गरेका थिए ।

घर पुग्नु अहिले उनले स्थानीय एक जना र आफ्ना भाईलाई भेटेको ती सदस्यले जानकारी दिए । बाटोमा भाईलाई भेट्टाएका ती युवकलाई भाईले नै घरमा नलगी सिधै क्वारेन्टाईन लगेका थिए ।

दाईलाई क्वारेन्टाईन छाडेर भाई भने घर फर्किएका थिए । कोटहीमाई १ का ती व्यक्तिमा कोरोना पुष्टि भएपछि उनका परिवार र उनीसंग सम्पर्क भएकालाइ क्वारेन्टाईन ल्याउन थालिएको छ ।

पछिल्लो समय रुपन्देहीको लकडाउनको अवस्था अत्यन्त फितलो हुनेगरेको भन्दै स्थानीय प्रशासनको आलोचना हुने गरेको छ । भारतिय सिमासग जोडिएको रुपन्देहीमा संक्रमित फेला परेपछि जिल्लावाशीहरु त्रसित बनेका छन् ।

सिमा क्षेत्रलाई दुबै तर्फबाट लकडाउन गरिएको भएपनी खुल्ला सिमानाको कारण लुकिछिपी खेतको बाटो हुँदै भारतबाट नेपाल आउने क्रम भने रोकिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: