आज नयाँ संक्रमित थपिएनन्, पीसीआर विधिबाट हालसम्म १३ हजार ९८ को परीक्षण

meropati

काठमाडौं, २० बैशाख ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए अनुसार आज शनिवार नयाँ कोरोना संक्रमित भेट्टिएका छैनन । हाल सम्म नेपालमा ५९ संक्रमित छन् जसमा १६ जना निको भइसकेेका छन्  ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यसमा ४९ पुरुष र १० जना महिला रहेका छन्।



संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन्। यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्। यसैगरी आरडीटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन्।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडीटी परीक्षण भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडीटी परीक्षण भएका छन्।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टिनमा रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार जना क्वारेन्टिनमा रहेका छन्।

काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: