नेकपाले बोलायो स्थायी कमिटी बैठकः बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने

meropati

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।



बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन बैशाख २४ गते सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: