मैले राजीनामा दिने र वामदेवलाई चुनाब लडाउने कुनै सहमति भएको छैनः सांसद दल बहादु राना

meropati

काठमाडौँ. २१ वैशाख । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को को सचिवालय बैठकले नेता बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने र प्रधानमन्त्री बनाउने निर्णय सँगै प्रतिक्रियाहरु बाहिर आएको छ ।

चर्चा अनुसार नेकपाका नेता तथा पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानालाई राजीनामा दिन लगाउने र त्यहींबाट गौतम उठाउने सहमति भएको थियो । यो रोल पार्टी महासचिव विष्णु पौडेलले खेलेको चर्चा पनि भयो ।



तर सांसद राना भने पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने भन्ने विषयमा कुनै छलफल र सहमति नभएको स्पष्ट पारेका छन् ।

सांसद रानालाई राजिनामा गराएर पाल्पाबाट चुनाव लडाउने समाचारहरू बाहिरिएपछि उनले त्यस विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारेका हुन् ।

रानाले आफ्नो प्रेस नोटमा आफूले राजीनामा दिने र बामदेव गौतम उक्त क्षेत्रबाट उठाउने भन्ने हल्ला पार्टी एकता विरोधी भएको बताएका छन् ।

यस्तो छ दलबहादुर रानाको प्रेस नोट

केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, ३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएकाछौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको बिषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: