थपिए एक जना नयाँ कोरोना संक्रमितः नेपालमा संक्रमण हुनेकाे संख्या ६० पुग्यो

meropati

काठमाडौं, २१ वैशाख । आज आइतबार एक जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।



योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: