आज मात्रै थपिए १० जना नयाँ संक्रमितः जसमध्ये ९ जना प्रदेश न. ५ का

meropati

काठमाडौं, २१ बैशाख ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए अनुसार आज आइतवार नयाँ कोरोना संक्रमित १० जना भेट्टिएका छन् । हाल सम्म नेपालमा ६९ संक्रमित छन् जसमा १६ जना निको भइसकेेका छन्  ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनाहरु मध्य ९ जना नेपालगंजमा र १ जना पर्सामा गरि १० जना नयाँ संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।



आज नेपालगंजमा भेट्टिएका मध्ये ५ जना पुरुष र ४ जना महिला हुन् । यस संगै प्रदेश न ५ मा रुपन्देहीमा १ जना र नेपालगंजमा १० गरि ११ जना संक्रमित पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: