मुख्य समाचार

आजै मात्र १० जना कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, २१ बैशाख । नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।  नयाँ संक्रमितहरुमा ९ जना नेपालगञ्‍ज र एक जना विरगञ्‍ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् । नेपालगंजमा भेट्टिएका कोरोना संक्रमितहरुलाई अहिले अस्पताल ल्याउन लागिएकाे छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । आज मात्रै “वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,”उनले भने,“  आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।”


advertisement

विरगञ्‍जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्‍जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्षसम्मका रहेका छन् । हाल सम्म हाल यि सबैकाे अवस्था सामान्य रहेकाे छ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: