पहिलो पटक नेपालमा सात वर्षका बच्चामा देखियो कोरोनाः ट्युसन पढाउँदा कोरोना सर्‍यो

meropati

नेपालगन्ज, २१ बैशाख । आज नेपालमा भेटिएका १० जना कोरोना संक्रमित मध्ये ९ जना नेपालगंजका हुन् । ति संक्रमित मध्ये उमेरमा सात बर्षदेखी ५८ वर्ष सम्मका रहेका छन् ।

यस भन्दा अगाडी नेपालगंजमा एक जना संक्रमित थिए हाल उनीसमेत गरी नेपालगन्जमा कोरोना संक्रमित हुनेको संख्या १० पुगेको छ  । जसमा ५ पुरुष र ४ महिला छन् आज संक्रमित हुनेहरु हुन भने यस भन्दा अगाडीका एक पुरुष संक्रमित छन् । उनी अहिले पनि शनिबारदेखि पूरै टोललाई बनाइएको क्वारेन्टाइनमै बसेका छन्।



बाँकेमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरमा अध्ययनरत बच्चामा कोरोेना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

‘हामीले सुरुमा जोलाहनपूर्वाका व्यक्तिबाट नमूना संकलन लिन थालेका थियौं’, उनले भने, ‘परिवारका सदस्यको अलि ढिलो नमूना संकलन गरिएको थियो। परिवारका सदस्यको नमूना परीक्षण गर्न अझै बाँकी छ।’

शनिबार थ्रोट स्वाब संकलन गरिएका ९० जनाको परीक्षणमा नौ जनाको कोरोना पोजिटिभ र २१ जनाको नेगेटिभ रिपोर्ट आएको हो। अझैं ६० जनाको परीक्षण गर्न बाँकी नै छ।

६० जनामा परिवारका ७ जना सदस्य पनि छन्। उनीहरुलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: