नेपालगंजमा आजमात्रै १५ संक्रमितः फेरी थपिए छ जना नयाँ संक्रमित

meropati

काठमाडौं, २१ वैशाख । नेपालगंजमा आज मात्रै १५ जना संक्रमित भेट्टिएका छन् ।   बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नेपालगंज  उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो हाल देखिएका सबै उनका सम्पर्कमा आएका व्यक्तिहरु हुन् ।



ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा ९३ जनाको सम्पर्कमा आएता पनि स्वाब संकलन भने ९० जनाकाे लिइएकाे छ । ति मध्ये हाल सम्म १५ जनाकाे कोरोना पोजेटिभ आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: