नेपालमा कोरोना संक्रमितकाे संख्या ७५ पुग्योः नेपालगंजमा मात्र १६ जना

meropati

काठमाडौँ, २१ बैशाख । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीहरुले संक्रमणको संख्या थपनिसक्ने बताएका छन् । यस संगै नेपालगंजमा मात्र १६ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: