कोरोना भाइरस अपडेटः

प्रेस कल्ब अफ कृष्णनगरलाई मास्क, ग्लोब्स र सेनिटाइजर सहयोग

अजय मिश्र
कृष्णनगर, २१ वैशाख ।  इण्डो नेपाल समाजिक मंचका अध्यक्ष तथा तत्कालीन समाजवादी पार्टीका प्रदेश नं ५ का प्रवक्ता अकरम पठान द्वारा मास्क, ग्लोब्स र सेनिटाइजर प्रेस कल्ब अफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको छ।

विश्व मा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वनै चिन्तित रहेको अवस्थामा नेपालमा समेत यसका असर परेकाले लक डाउनको स्थिति रहेकाे  छ भने हाल सम्म नेपालमा संक्रमित संख्या समेत ७५ पुगिसकेकाे छ ।


advertisement

यस महामारीको अवस्थामा समेत चौबिसै घण्टा सेवा दिइ रहेका शुरक्षाकर्मि, स्वास्थ्यकर्मी तथा पत्रकार लगायत अन्य संस्था तथा व्यक्तिहरुले आफ्नो ठाँउमा खटेर काम गर्दै आइरहेका छन् ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै आज प्रेस कल्ब आफ कृष्णनगर लाई मास्क ग्लोब्स र सेनिटाइजर हस्तांतरण गरिएको कुरा यूवा नेता अकरम पठानले जानकारी दिए ।

साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उक्त मास्क तथा सामाग्रीहरुकाे हस्तांतरणमा पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: