नेपालगन्जमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, आज मात्रै १५ जना थपिए

meropati

काठमाडौं, २१ वैशाख ।  नेपालगञ्जमा एकैदिन  १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सँगै नेपालगंजमा  संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार एकैदिन नेपालमा १६ जना संक्रमित थपिएसंगै  संक्रमितकाे संख्या ७५ पुगेकाे  हो। आइतबार नेपालगञ्जमा १५ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो।



यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो ।

*स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीबाट प्राप्त जानकारीका आधारमा ‘नेपालगञ्जमा एकै दिनमा थपिए २४ संक्रमित, संक्रमितको संख्या पुग्यो ८४’ भन्ने शिर्षकमा यसअघि समाचार प्रकाशित गरेका थियौं । प्रकाशित समाचार थप पुष्टी गर्दा तथ्य गलत भएकोले क्षमायाचनासहित सच्चाएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: