कोरोना त्रासः संसारभर संक्रमितको संख्या साढे ३५ लाख नाघ्यो, मृतकको संख्या साढे २ लाख नजिक

meropati

काठमाडौं, २२ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट छ ।

यध्यपी संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा अर्थात आइतबार मात्रै ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुनेहरुको संख्या ३५ लाख ३ हजार ५ सय ३३ पुगेको छ ।



जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म २ लाख ४७ हजार ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ५१ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २६ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् भने १ हजार १ सय ३७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ५७ हजार ७ सय ५३ पुगेको छ भने मृतकको संख्या ६७ हजार ६ सय ७४ पुगेको छ । यस्तै स्पेनमा आइतबार मात्रै १ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ६४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार १ सय २२ पुगेको छ भने २५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८९ जना संक्रमित थपिएका छन् भने १ सय ७४ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १० हजार ७ सय १७ पुगेको छ भने मृतकको संख्या २८ हजार ८ सय ८४ पुगेको छ ।

यस्तै बेलायतमा आइतबार मात्रै ४ हजार ३ सय ३९ जना नयाँ संक्रमित थपिदा ३ सय १५ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ८७ हजार ८ सय ४२ संक्रमित हुँदा २८ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: