मुख्य समाचार

सुरेन्द्र यादव अपहरण प्रकरणः महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

काठमाडौं, २२ वैशाख । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।


advertisement

सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।

पूर्वस्वास्थ्य रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: