नेपालगञ्जमा २५ गते सम्म लगातार तीन दिन कफ्र्यु

meropati

बाँके, २२ बैशाख । बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि मंगलबारदेखि तीनदिन कफ्र्यु लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले तीन दिन कफ्र्यु लगाउने निणर्य गरेको हो ।

भोली (मंगलबार) विहान ११ बजेदेखि तीन दिन घर बाहिर ननिस्कन समेत संघिय सरकारले सबैमा आग्रह गरेको छ । साथै २५ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी राखिएकाे छ ।



कफ्र्युको समयमा औषधी पसल भने खुला हुनेछन् । नेपालगञ्जमा आईतबार १५ जना कोरोना संक्रमित भेटिएपछि उक्त निणर्य लागु हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: