अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ९२१ पुग्योः २४ घण्टामा विश्वभरमा ८० हजार नयाँ संक्रमित

meropati

काठमाडौं, २३ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा ७९ हजार बढेको छ । देशहरुमा आन्तरिक रुपले घटबढ भए पनि समग्रमा संक्रमित भने उत्तिकै थपिएका हुन् ।

अहिलेसम्म संक्रमितको संख्या ३६ लाख ४२ हजार ५०० पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा १२ लाख १२ हजार ५०० पुगेको छ । २४ घण्टामा २४ हजार ३६५ जना थपिएका छन् ।



अमेरिकामा मृतक १ हजार १३४ जना थपिएर ६९ हजार ७३१ पुगेको छ । स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित हुँदा १ हजार १७९ थपिएका छन् । मृतक २५ हजार ४२८ हुँदा १६४ जना थपिएका छन् ।

इटालीमा २ लाख ११ हजार ९३८ जना संक्रमित हुँदा १ हजार २२१ जना थपिएका छन् । मृतक २९ हजार ७९ पुगेका छन् ।

बेलायतमा ३ हजार ९८५ जना थपिएर संक्रमितको संख्या १ लाख ९० हजार ५८४ पुगेको छ । मृतक २८ जार ७३४ पुगेको छ ।

फ्रान्समा संक्रमित १ लाख ६९ हजार ४६२ हुँदा मृतक २५ हजार २०१ पुगेको छ ।

रुसमा नयाँ संक्रमित १० हजार ५८१ थपिएका छन् । लगातार दोस्रो दिन कोरोना संmमित रुसमा बढेका हुन् । रुसमा संक्रमित १ लाख ४५ हजार २६८ पुगेका छन् । मृतक १ हजार ३५६ बढेका छन् ।

२४ घण्टामा संक्रमित बढ्नेमा ब्राजिलमा ६ हजार ६९७, भारतमा ३ हजार ६५६, क्यानाडामा १ हजार २९८, इक्वेडरमा २ हजार ३४३, साउदी अरेबियामा १ हजार ६४५, मेक्सिकोमा १ हजार ३८३ जना थपिएका छन् ।

हालसम्म २ लाख ५२ हजार ३० जनाको ज्यान गइसकेको छ । नयाँ मृतक ३ हजार ९०० थपिएका छन् ।

अहिलेसम्म ११ लाख ९४ हजार २४६ जनालाई निको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: