नेपालगंजमा थपिए ७ जना संक्रमित, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

meropati

काठमाडौं, २३ बैशाख । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।



संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका पहिला रहेका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । यस भन्दा अगाडी नेपालगंजमा १६ जना संक्रमित थिए यो संगं नेपालगंजमा मात्र संक्रमितको संख्या २३ पुगेकाे छ। भने प्रदेश न ५ मा संक्रमित २४ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: