काठमाडौं, २३ बैशाख । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन कायम राख्न सरकारलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन कति दिन लम्ब्याउन्ने भन्नेबारे निर्णय गर्ने जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको छ।
मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बैठकपछि सञ्चारकर्मीमाझ भने- सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ। यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने छ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ। सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष निकालेको बताए।
भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकार अन्योलमा छ।
प्रतिकृया दिनुहोस