काठमाडौं, २३ बैशाख । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।
रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार कोरोना पुन: पोजेटिभ देखिनेमा एक भारतीय मुस्लिम र अर्का रौतहटका १९ वर्षीय किशोर रहेको जनाइएको छ । भारतीय मुस्लिम समुदायका एकजनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई १ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
अहिले उनीहरु दुबैजनालाई आइसोलेसना राखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
प्रतिकृया दिनुहोस