फेरी बढ्यो अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २४ घण्टामा २३ सय बढीकाे ज्यान गयो

meropati

काठमाडौं, २४ बैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पुन : बढ्न थालेको छ । केही दिन कोरोना संक्रमितको मृत्यु निरन्तर घटे पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ ।

सोमबार अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको थियो भने मंगलबार १ हजार १०६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा यो अघिल्ला दिनहरुको तुलनामा यो संख्या दोब्बर भन्दा धेरैले बढेर २ हजार ३२० को मृत्यु भएको छ ।



यो संख्या सँगै अब अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार २४१ पुगेको छ ।

पछिल्लो ३४ घण्टामा विश्वभर ८० हजार २८२ कोरोना संक्रमित थपिँदा अमेरिकामा मात्रै २४ हजार १५२ नयाँ संक्रमितको पहिचान भएको छ ।

विश्वका २१५ देशमा कोरोना संक्रमितको संख्या ३७ लाख २३ हजार नाघ्दा अमेरिकामा मात्रै १२ लाख ३६ हजार ९८७ संक्रमित फेला परेका छन् । हाल अमेरिकामा ९ लाख ६५ हजार ६२ कोरोना संक्रमित छन् । यसमध्ये १६ हजार १७५ संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: