भारतमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दो क्रममा, २४ घण्टामा मात्रै तीन हजार संक्रमित थपिए

meropati

काठमाडौं, २४ बैशाख । भारतमा कोरोना संक्रमित र मृत्यु दर हरेक दिन बढ्दै गएका छन् ।  मंगलबार मात्र २ हजार ९६६ जना संक्रमित थपिएका छन् । यो संख्यासंगै भारतमा संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ ।

मृतकको संख्या १ हजार ६९३ पुगेका छन् । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ६१७ पुगेको छ । गुजरातमा ३६८ जनाको ज्यान गएको छ । त्यस्तै मध्यप्रदेशमा १७६ तथा पश्चिम बंगालमा १४० जनाको ज्यान गएको छ ।



राजस्थानमा ८९, दिल्लीमा ६४ तथा उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ । मृतकको गति निकै तेज गतिमा बढेको छ ।

पछिल्लो ६ दिनमा ६१५ जनाको ज्यान गएको छ । संक्रमितको गति निकै तीव्र गतिमा बढिरहेको छ । मंगलबार महाराष्ट्रमा ९८४, तमिलनाडुमा ५०८, गुजरातमा ४४१, पंजाबमा २१९, दिल्लीमा २०६, उत्तर प्रदेशमा ११४ र मध्यप्रदेशमा ११४ जना संक्रमित थपिएको कोभिड१९इन्डियाडटओआरजीले जनाएको छ ।

भारतमा लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको समेत बताउन थालिएको छ । भारतमा १७ मेसम्म लकडाउन बढाइए पनि विभिन्न क्षेत्रमा फरक फरक नियम बनाइ खुकुलो पारिएकाले संक्रमित बढेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: