कोरोना भाइरस अपडेटः

यूएईमा र साउदीमा कोरोनाका कारण एकैदिन दुई नेपालीको मृत्यु

दोहा, २४ बैशाख । कोरोना भाइरसको कारण साउदी अरबमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । साउदीको राजधानी रियादस्थित मलाजमा अवस्थित कोविद स्पेशल हस्पिटलमा उपचार्थ रहेका इटहरीका लिलामान कटुवालको मृत्यु भएको एनआरएनए बाहय संपर्क संयाेजक तथा प्रबासी नेपाली समन्वय समितिका संयोजक नारायण पासवानले जानकारी दिएका छन् ।

५१ बर्षीय कटवाल एक महिनादेखि कोरोनासंग लडिरहेका थिए । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मृतक कटवाल बिगत २२ बर्ष देखि साउदीमा कार्यरत रहेका थिए भने उनी ब्लडप्रेसर, डायबिटीजका बिरामी रहेको जानकारी प्रप्त भएको छ । साउदीमा हाल सम्म ४२ जना नेपालीहरुमा कोरोना सङ्क्रमण भएको दूताबास स्रोतले जनाएको छ ।


advertisement

उता , यूएईमा कार्यरत एक नेपालीको पनि कोरोनाको कारण मृत्यु भएको छ । अर्घाखाँचीका ४७ वर्षीय पुरुषको मृत्यु भएको उनी कार्यरत कम्पनीले जनाएको छ । स्वास फेर्न गारो भएपछि उनलाई सँगै बस्ने साथीले अस्पताल पुर्याएका थिए । उनी वैशाख ५ गते अस्पताल भर्ना र भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: