कोरोना भाइरस अपडेटः

आज थपिएका सबै १७ संक्रमित एकै परिवारका

वीरगञ्ज, २१ वैशाख । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । यहि बैशाख २१ गते  वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ ।


advertisement

संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् । उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

शिशुहरु मध्ये २ जना शिशु रहेका छन् । जसमध्ये २ महिनाका र ६ महिनाका रहेका छन् । अहिले त्यहाँ शुरक्षा समितिकाे बैठक बसिरहेकाे बताइएकाे छ ।

मानिसहरु आत्तिएका छन् त्रसित भएका छन् भने सबै अहिले घर भित्रै बसेका छन् भने यो समाचार आएदेखी बाहिर हिड्नेहरुकाे संख्या समेत ह्वात्तै घटेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: