मुख्य समाचार

नेकपा सचिवालयकाे बैठक सकियोः स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं,  २४ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ । बुधबार बसेको सचिवालय बैठकमा

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।


advertisement

भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो ।

सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उनी बैठक नै छोडेर बाहिरिएका थिए। ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए ।

स्रोतकाअनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओली फर्केर नआएपनि बैठक केही बेर चलेको थियो । र, बैठक अहिले समापन भएको छ ।

त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: