राजनीति

नेकपा स्थायी समिति बैठक स्थगितः केही दिन सार्न ओली-प्रचण्ड सहमत

काठमाडौं, २४ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।


advertisement

नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए।

प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले  भोलि बैठक राख्न अनिच्छुक देखिएकाले बैठक सरेको हो।

भोलिको बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: