मुख्य समाचार

पाठ्यपुस्तक पसल खोल्न दिने सरकारको निर्णय

काठमाडौं,  २४ वैशाख । सरकारले पुस्तक पसलहरु खास गरि अत्यावश्यक पुस्तक पसल र पठन पाठन संग सम्बन्धित पसलहरु खोल्न दिने भएकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो। सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ ।


advertisement

वैशाख २६ गतेदेखि यि उद्योगहरु सञ्चालन हुन पाउनेः हेर्नुहोस सुचिसहित

थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो ।

साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: