भारतमा कोरोना संक्रमित ५३ हजार पुगे, १७ सय ८३काे मृत्युः कुन ठाँउमा कति सुचिसहित

meropati

एजेन्सी, २५ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ। गएको २४ घन्टामा मात्रै भारतमा कोरोनाका ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको विभिन्न समाचार एजेन्सीहरुले  जनाएका छन् ।

त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ। बिहीबार भारतमा कोरोनाबाट ९२ जनाले ज्यान गुमाएका छन्। संक्रमण नियन्त्रणको लागि भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *