काठमाडौं, २५ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएका ठाउँमा नमूना संकलनका लागि नेपाली सेनाको टोली परिचालन गरेको छ।
कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।
उनका अनुसार उदयपुरमा कम्तीमा ५ सय, नेपालगञ्ज र वीरगंजमा कम्तीमा एक/एक हजार जनाको नमूना संकलन गर्नेगरी टोली खटाइएको हो।
वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो। नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ। उदयपुरमा २८ जना संक्रमित छन्। हाल सम्म नेपालमा ९९ जनाकाे संक्रमण पुष्टी भइसकेकाे छ भने २२ जना निकाे भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस