अर्थ खबर

पाल्पा माथागढीकाे कृषि एम्बुलेन्स बुटवलमा, लकडाउनमा स्थानिय उत्पादन खान पाँउदा उपभोक्ता खुसी

बुटवल, २५ बैशाख । विश्वमै कोरोना महामारीकाे फैलिरहेकाे अबस्थामा मानिसहरु त्रसित छन् । संसारभरका अधिकाशं देशहरुमा त लकडाउन नै जारी छ । नेपाल समेत कोरोनाबाट अछुतो छैन नेपालमा आज सम्म ९९ जना कोरोना संक्रमित पुष्टी भइसकेका छन् भने २२ जना निको भएर घर समेत फर्किसकेका छन् ।

पछिल्लो केही दिनमा नेपालमा संक्रमितकाे संख्या बढ्दो छ । केही दिन अगाडी प्रदेश न ५ को नेपागंजमा एकैदिन १५ जना र अर्को दिन ७ जना गरेर हाल सम्म २३ जना संक्रमित भइसके पछि प्रदेश न ५ मा समेत विशेष सतर्कता अपनाउन पर्ने अबस्था आएकाे छ ।


advertisement

सरकारले पुनः जेठ ५ गते सम्मका लागी लकडाउन बढाइसकेेको अबस्था छ । यो अबस्थामा विभिन्न क्षेत्रका मानिसहरु संघ संस्थाहरुले आआफ्नो ठाँउबाट सहयोग समेत गरिरहेका छन् ।

कृषकहरुका कृषि उत्पादनका सामानहरु समेत विभिन्न ठाँउमा नबिकेर दुखी भइरहेकाे अबस्थामा पाल्पाको माथागढीमा रहेको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनको समस्यालाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यस सहकारीले पाल्पा माथागढी गाँउपालीका भित्र रहेका स्थानिय उत्पादनहरुलाई बजार क्षेत्रमा लगि उपभोक्ताका लागी राहत प्रदान गरेकाे छ ।

सहकारीले जंगलमा फलेको काफल लगायत हरियो तरकारीहरु स्थानिय कृषकहरु संग किनेर उपभोक्ता सम्म पुर्‍याउने काम सहकारीले गरेकाे छ ।

स्थानिय उत्पादनका सामानहरु खरिद गरि पाल्पामा मात्र हैन पाल्पा संग जोडीएकाे रुपन्देहीका विभिन्न ठाँउमा बुटवल उपमहानगरपालिका क्षेत्रमा, तिलोत्तमा नगरपालिका क्षेत्रमा, देवदह नगरपालीका क्षेत्रमा समेत सामानहरु ल्याएर उपभोक्तालाई स्थानिय उत्पादन हरु पुर्‍याएर सहकारीले सहयोग गरेकाे छ ।

यि सामानहरु बेचेर आएकाे पैसाले कृषकहरुका उत्पादन विक्री भएका छन् भने उनिहरुका लागी समेत बजारबाट लैजान पर्ने दाल चामल चिनी लगाएतका सामानहरु समेत सहकारीले बजार बाटै गाँउमा पुर्‍याउदै आएकाे छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता गरेपछि सहकारीको पहलमा “काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने अभियानमा लागेको सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताए । पन्थिले स्थानिय संग जत्ति मुल्यमा किनेर ल्याएकाे त्यत्ति मुल्यमानै उपभोक्तालाई पुर्‍याएकाे समेत बताए । उनले सहकारीले सहयोगका लागी यो काम गरेकाे बताएका छन् ।

पाल्पा माथागढी गाँउपालीका क्षेत्रका झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोटलगायत स्थानमा पर्याप्त मात्रामा काफल पाइने गरेकाे छ अन्य समान्य समयमा यहाँका स्थानियहरुले आफै बजारमा लगेर सामानहरु बेच्‍ने गरेता पनि हाल देशमा लकडाउन र कोरोना त्रासले गर्दा सहकारीले सहयोग गरेकाे हो ।

स्थानिय उत्पादन बेचेरनै जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएर सहयोग गरेपछि स्थानिय मात्र हैन बजारमा बस्ने उपभोक्ताहरु समेत खुसी भएका छन् । पाल्पा तानसेन तथा रुपन्देही बुटवल क्षेत्रमा बस्नेहरुले स्थानिय उत्पादन घरमै पाँउदा खुसी भएर सहकारीलाई धन्यवाद समेत दिएका छन् ।

सहकारीले स्थानिय उत्पादन  काफल, सिप्लिकान, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँ, तरुल लगायत तरकारी सस्तो दरमा ठाँउठाँउमा पुर्‍याउदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: