प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमणः भारतबाटै आएका थिए कपिलवस्तुका संक्रमित

meropati
Spread the love

बुटवल, २६ बैशाख । कपिलवस्तुमा समेत कोरोना संक्रमित भेटिएपछि रुपन्देही र कपिलबस्तुमा समेत त्रास बढेकाे छ । खुल्ला सिमानामा लुकिछिपि नेपाल प्रवेश गर्नेहरुकाे जमातले झन अशुरक्षित महसुस भएकाे छ ।

कपिलवस्तुका बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई युवक समेत एकसाता अघि भारतबाट आएका थिए । १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि  जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो ।



खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।

क्वारेन्टाइनबाट उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याइएको जानकारी बताए। संक्रमित दुबै जना मायादेवी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन्।

उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। योसँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ। यो संगै बुटवलकाे आइसोलुसनमा समेत ३ जना कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: