शुक्रबार ८ जना संक्रमित कोरोना जितेर डिस्चार्जः बिराटनगरमा उपचाररत १७ जनाको अबस्था सामान्य

meropati

मोरङ, २६ बैशाख । प्रदेश १ मा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार ८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका हुन ।

पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले ८ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । यो सँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुगेको छ ।



झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराईरहेका छन । सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचार तथा निगरानीमा खटिएका चिकित्सक डा.डेनप्रसाद आचार्यले बताए । उनिहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनु पर्ने डाक्टर आचार्य बताउँछन् । प्रदेश १ का ३१ बाहेक पछिल्लो समय थपमा कोरोना संक्रमण देखिएको छैन ।

यसअघि बुधबार विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय जमातीले कोरोना जितेर फर्किएका थिए । ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन । उनीहरुलाई बुधबार डिस्चार्ज गरिएको थियो । ३०,२९, २८,२१, ३४ र २६ वर्षीय भारतीय नागरिकले कोरोना जितेका हुन ।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना उपचाररत छन । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो । १८ दिनको उपचारपछि ६ जना बुधबार र ८ जना शुक्रबार कोरोना मुक्त भएको विराटनगरको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: