काठमाडौं, २६ वैशाख ।आज पुन नेपालगंजमा एक जना १६ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नेपालगंजका १६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार व्रिभिङ्गमा गराइएकाे जानकारी अनुसार उनी स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
यो संगै नेपालगंजमा मात्र संक्रमितकाे संख्या २७ पुगेकाे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । तीमध्ये ३० जना निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस