अमेरिकि राष्ट्रपति र उपराष्ट्रपतिमा पनि कोरोना संक्रमणको आशंकाः सहयोगिमा संक्रमण पुष्टी

meropati

काठमाडौं, २७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सीका सल्लाहकार र सहयोगीमा कोरोना देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति पनि कोरोना संक्रमणको आशंकामा परेका छन् ।

उपराष्ट्रपति माइक पेन्सीकि प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । मिलरमा संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति पनि कोरोनाको आशंकामा परेका हुन् ।



उपराष्ट्रपतिकि प्रेस सेक्रेटरीलाई कोरोना भएको शुक्रवार पुष्टी भयो । दुई दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना संक्रमित भएका थिए ।

उनीहरु दुवैमा कोरोना भेटिएपछि राष्ट्रपति र उपराष्ट्रपति दुवैको सम्पर्कमा आएका वा उनीहरुको नजिक रहेका व्यक्तिहरु कोरोना भाइरसको परीक्षण शुरु भएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उपराष्ट्रपति पेन्स र राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि दैनिक परीक्षण गर्न थालेको छ ।

केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटको क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘केटी उत्कृष्ट महिला हुन् ।

लामो समयसम्मका परीक्षणमा उनका संक्रमण देखिएको थिएन । तर शुक्रबार अचनाक उनी संक्रमित रहेको देखियो । कोरोनाका कारण अमेरिकामा १२ लाख ८३ हजार मानिस संक्रमित भएका छन् भने ७७ हजारको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: