काठमाडौं, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ ।
नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।
नेपालमा अहिलेसम्म १०९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३१ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
सरकारले ७७ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।
प्रतिकृया दिनुहोस