प्यूठानमा २ जनामा आरडीटी पोजेटिभ देखियोः पीसीआर गर्नका लागी स्वाव संकलन

meropati

प्यूठान, २७ वैशाख ।  प्यूठान जिल्लामा दुई जनामा आरडीटी टेष्ट पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताए ।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उनले भने, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति २० वर्षदेखी ४५ वर्षबीचको रहेका दुवै जना पुरुष हुन् ।



क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: