लकडाउनमै घुसः वन कार्यालय नुवाकोटका प्रमुख एक लाख घुससहित पक्राउ

meropati

काठमान्डौं, २७ बैशाख । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादलाई शनिबार कार्यालयपरिसरबाटै एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कार्यालय प्रमुख प्रसादलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।



अख्तियारको टोलीले कार्यालय प्रमुख प्रसादलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं लगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।

सूर्यगढी गाउँपालिका– ५ नयाँ पुलस्थित ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको कार्यालय स्रोतले जनाएको छ ।

नयाँ पुलमा रहेको ढुंगाखानीबाट सिमेन्ट बनाउनका लागि कच्चा पदार्थ हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगमा लैजाने गरिएको थियो । हाल वन कार्यालयले खानी सञ्चालन गर्न रोक लगाएको थियो ।

यस्तै, दुई दिनअघि स्थानीयले उद्धार गरेर बुझाएको घाइते घोरल कार्यालयपरिसरको खोरबाटै बेपत्ता भएपछि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घोरल खोर भत्काएर भागेको दाबी गरेको थियो । पञ्चकन्या गाउँपालिका– ५ त्रिवेणीधाम क्षेत्रमा गाउँमा आएको  घोरल स्थानीयले समातेर २४ वैशाखमा वन कार्यालयमा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: