काठमाडौं, २७ बैशाख । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।
बिहान ८ बजे उदयपुर भुल्केका ३ जना, कपिलवस्तुका ३ जना र वीरगन्जका १ जना गरी ७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको थियो भने अहिले थप उदयपुर भुल्केकै १ गरी एकै दिन ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै उदयपुरको भुल्केमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने निको हुनेको सङ्ख्या भुल्केकै मात्र १४ पुगेको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ भने ३१ जना निको भई सकेका छन् । यसै गरी शनिबार उदयपुरको भुल्केका गैर मुस्लिम समुदायका १ सय ४३ जनाको थ्रोट स्वाब लिइएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनीको सहयोगमा थ्रोट स्वाब सङ्कलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन ।
I do not even know how I ended up here, but I thought this post was great.
I do not know who you are but certainly you are going to a famous blogger if
you aren’t already 😉 Cheers!
I’m gone to convey my little brother, that he should also go to see
this website on regular basis to obtain updated from latest reports.