पश्चिममा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी  सहित  वर्षाः कस्तो छ अबका २ दिनको मौषम

meropati

काठमाडौं, २८ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।

हाल पश्चिमी भूभागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केही स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।



दिउँसो  देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा सामान्य  बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली  रहने छ । पश्चिमी भूभागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जन,  चट्याङ्ग, असिना र हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानहरु लगायत मध्य र  पूर्वका  १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि मौसम सहज छैन । बिहान सामान्य बदली रहेको थियो । बादल लागेको थियो । तर तापक्रम भने शनिबारदेखि बढेको छ ।

महाखाशाले आगामी २४ घण्टाका लागि पश्चिमका भूभागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २८ गते (आईतबार)

दिउँसोः  देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य  बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली  रहनेछ। पश्चिमी भू-भागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र  पुर्व  १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

 बैशाख २९ गते (सोमबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भु-भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २९ गते (मंगलबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमका भू-भागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: