काठमाडौं, २८ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा आईतबार प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले पछिल्लो समयमा उत्पन्न भएको बहुपक्षीय समस्या समाधान र स्वास्थ्यका पूर्वाधार विकासमा बजेटलाई केन्द्रित गरिने बताएका छन् ।
अर्थ खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने बताएका छन्। अर्थमन्त्री खतिवडाका अनुसार जनताको द्रूत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने छ । उनका अनुसार विश्वव्यापी महामारीले सिर्जना गरेको शिथिल परिस्थितिको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडि बढाउने खालका कार्यक्रमहरू बजेटमा समावेश हुने भएका छन्।
मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रमा लगाइने गरी कार्यक्रम आउने मन्त्री खतिवडाले बताएका छन् । अर्थमन्त्रीले आगामी बजेटमा, स्वाथ्य पूर्वाधार, रोजगारी, कृषि, उद्योग लगायतका क्षेत्रलाई बजेटको कार्यक्रममा विशेष ध्यान दिने संसदमा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
हेर्नुस सबै प्राथमिकता र सिद्धान्त
प्रतिकृया दिनुहोस