कतारमा कोरोना संक्रमित नेपालीको संख्या २३ सय नाघ्यो

meropati

काठमाडौं, २९ बैशाख । कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सम्म २३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्।

कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन। पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ।



कतारमा हालसम्म २२ हजार ५ सय २० जनामा कोरोना संक्रमण भएको छ। १४ जनाको मृत्यु भएको छ भने  २ हजार ७ सय ५३ जना  निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: