थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

meropati

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या १३४ पुगेको हो । आजै यसअघि ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

संक्रमण देखिएका थप १३ जनामध्ये कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: