गुल्मी जिल्लाका सबै नाका ५ दिनका लागी सिल

meropati

गुल्मी, ३१ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्रिपरिषदको वैशाख २४ गते बसेको बैठकको निर्णय नम्बर ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो ।



प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

उनले एम्बुलेन्स, शव बहान, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताए ।

त्यस्तै सर्वसाधरण नागरिक बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कने, सहकारी तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, तेल, नुन, दूधडेरी, तरकारी तथा फलफुल पसलहरुमा अनिवार्य हात धुने व्यावस्था गर्ने र बिहान ११ बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: