पाल्पामा लकडाउन थप कडा, विना पास हिड्दा दुःख पाउनुहोला, हेर्नुस निर्णयहरु

meropati

पाल्पा, ३१ बैशाख । पाल्पामा समेत जेठ १ गते भोली विहिवारबाट लकडाउनलाई तथ कडा गरिने भएकाे छ । प्रदेश न ५ का जिल्लाहरु जुन पाल्पा संगै छिमेकी जिल्लाहरु समेत रुपन्देही, कपिलबस्तु लगाएतका जिल्लामा संक्रमित संख्या ह्वत्तै बढेसंगै पाल्पामा पनि जोखिम देखिएकाे भन्दै थप कडा गर्ने  बुधवार बसेको जिल्ला सुरक्षा समितिले निर्णय गरेकाे छ ।

सवारी पासका सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार जारी गर्ने, सवारी पास विनाका सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान रोक लगाउने जिल्ला सुरक्षा समितिकाे निर्णयमा उल्लेख छ ।



सवारी साधन तथा पैदलमार्गबाट जिल्ला भित्रने व्यक्ति तथा सवारी साधनलाई चेकजाँच तथा पूर्ण रुपमा रोक लगाउने त्यसका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्ने, भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने समेत निर्णय गरिएकाे छ ।

कोरोना भाइरसको संक्रमण रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई हप्ताको तीन दिन आइतवार, मंगलवार र विहिवार विहान ११ देखि १ बजेसम्म संचालन गर्ने,

अत्यावश्यक बाहेकका पसल व्यवसायहरु बन्द गर्ने, कर्मचारीहरुलाई विहान ९ देखि १० बजेसम्म कार्यालय आउन र ४ देखि ५ बजेसम्म घर फर्किन अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर मात्र आवत जावत गर्न दिने,

परिचय पत्र, पास र पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने निर्णय समेत भएको छ ।

यदि कसैले लकडाउन उल्लङघन गरेकाे पाइएमा कानुन बमोजिम कारवाही गरिने र लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सुरक्षाकर्मी र ड्रोनबाट समेत निगरानी हुने वताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *