फेरी थपिए २४ जना कोरोना संक्रमितः नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

meropati

काठमाडौं, ३१ वैशाख, । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

जसमा रुपन्देहीका १२ जना जसमध्ये ९ जना पुरुष र ३ जना महिलाहरु छन् । कपिलवस्तुका ८ जना पुरुषहरु पर्साका २ जना पुरुष र १ जना महिला संक्रमित भेटिएका छन् ।



साथै प्रदेश ५ को नयाँ जिल्लामा समेत संक्रमण भेटिएकाे छ  नवलपरासीमा समेत आज एक जना ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: